close

नगरप्रमुख हमाल र सदस्यबीच विवाद सर्वोच्च पुग्यो

नगरप्रमुख हमाल र सदस्यबीच विवाद सर्वोच्च पुग्यो

Trulli
ADVERTISEMENT

कैलाली- धनगढी उपमहानगरपालिकाले राजपत्रमा प्रकाशित गरेको जग्गा प्लटिङसम्बन्धी कार्यविधि–२०८० लाई लिएर प्रमुख गोपाल हमाल र कार्यपालिका सदस्यबिच विवाद चर्किंदै गएको छ । 

नगर प्रमुख हमाल कार्यविधि जसरी पनि लागु गर्ने पक्षमा हुनुहुन्छ भने बहुसङ्ख्यक कार्यपालिका सदस्य कार्यविधि खारेज हुनुपर्ने पक्षमा देखिएका छन्  । 

जग्गा प्लटिङसम्बन्धी कार्यविधि–२०८० अनुसार जग्गा प्लटिङ गर्दा बाटोको चौडाइ १० मिटर हुनुपर्ने व्यवस्था गरिएको छ । सो व्यवस्थाले उपमहानगरपालिका क्षेत्रमा तरङ्ग पैदा गरेको छ । जग्गा व्यवसायीबाट प्रभावित भएर वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले कार्यविधिको विरुद्ध गरेको नगर प्रमुख हमालको भनाइ छ । तर वडाध्यक्षले भने नगर प्रमुखले चोर बाटोबाट कार्यविधि ल्याएको आरोप लगाएका छन्।

यसैबिच धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङसम्बन्धी कार्यविधि–२०८० विरुद्ध सर्वोच्च अदालत काठमाडौँमा रिट परेको छ।  कैलाली जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष उपेन्द्रप्रसाद अवस्थीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।