close

महानगरमा एक वर्षमा ७ गर्भवतीले ज्यान गुमाए

महानगरमा एक वर्षमा ७ गर्भवतीले ज्यान गुमाए

Trulli
ADVERTISEMENT

कास्की- पोखरा महानगरपालिकामा गत आर्थिक वर्ष २०७९/८० मा ७ जना गर्भवतीले ज्यान गुमाएका छन् । विभिन्न कारणले गर्भवती महिलाको मृत्यु हुने गरेको पोखरा महानरपालिका स्वास्थ्य महाशाखाका नर्सिङ निरीक्षक सविना श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार कास्की जिल्लामा १३ जना गर्भवती महिलाको मृत्यु भए र तीमध्ये ७ जना पोखरा महानगरका भएको बताइन् । उनका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउन यता २ जना गर्भवती महिलाका मृत्यु भएको छ ।

विभिन्न कारणले हुने मातृ मृत्युदर न्यूनीकरण गर्ने उद्देश्यले स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा मातृ तथा पेरिनेटल मृत्यु निगरानी र प्रतिकार्य समिति रहने व्यवस्था गरको छ । उक्त समितिले मृत्यु हुनुको कारणबारे छलफल गर्दै समुदायमा कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ । 

पोखरा महानगरपालिका उप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा मंगलबार बसेको समितिको बैठकले नवजात शिशु र आमाको मृत्युदर घटाउनेबारे जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि कार्ययोजना बनाउने निर्णय गरेको थियो ।