close

धनगढीमा बन्यो छुट्टै ‘साइकल लेन’

धनगढीमा बन्यो छुट्टै ‘साइकल लेन’

Trulli
ADVERTISEMENT

कैलाली- धनगढी उपमहानगर क्षेत्रको मोहनापुल–अत्तरिया सडकखण्डमा छुट्टै साइकल लेन तयार भएको छ । 

सडकको दुबै साइड गरी करिब १६ किलोमिटर सडक खण्डमा साइकल लेन निर्माण गरिएको छ । उपमहानगरको भैपरी आउने पुँजीगत शीर्षकबाट बजेटको रकमान्तर गरेर आधुनिक र सुविधासम्पन्न साइकल लेन बनाउने काम पूरा भएको हो । साइकल लेन बनाउन ४६ लाख ५० हजार बजेटको व्यवस्था गरिएको थियो । 

धनगढीको ६ लेन सडकमा साइकल लेन बनाउन उपमहानगरको नगरकार्यपालिका बैठकले निर्णय नै गरेर त्यसका लागि बोलपत्र आह्वान गरेको थियो । सुदूरपश्चिममै पहिलो पटक उपमहानगरपालिकाले साइकल लेन बनाएको हो । यही पौष २१ गते शनिबारका दिन बिहान ८ बजे साइकल लेनको उद्घाटन गर्न उपमहानगरको तयारी छ ।