close

७ दिने सिलाम साक्मा बुनाइ तालिम सम्पन्न

७ दिने सिलाम साक्मा बुनाइ तालिम सम्पन्न

Trulli
ADVERTISEMENT

सोलुखुम्बु– थुलुङ दुधकोशी गाउँपालिकाको आयोजनामा ७ दिने फुर्का, धजुरा र सिलाम साक्मा बुनाइ तालिम समापन भएको छ  । 

शुक्रबार समापन गर्दै गाउँपालिका अध्यक्ष अशिम राईले स्थानीयलाई सीप सिकाएर रोजगारीमा जोड्ने कार्यलाई पालिकाले जोड दिएको बताएका छन् । सीप सिकेपछि मात्रै मानिस आत्मनिर्भरको बाटोमा लाग्ने भन्दै अध्यक्ष राईले सिकेको सीपलाई व्यवहारमा प्रयोग गर्न आग्रह गरे । 

अध्यक्ष राईले आर्थिक र सामाजिक विकासलाई प्राथमिकतामा राखेको बताउँदै तालिममा सहभागीलाई व्यवसायमा जोड्नको लागि बीउ पुँजीको व्यवस्था गर्ने उनले घोषणा गरे । 

गाउँपालिकाले यस अघिनै अतिथि सत्कारमा प्रयोग हुने खाता प्रतिस्थापन गर्ने निर्णय गरिसकेको छ । उक्त निर्णयको लागि यो तालिम कोशेढुङ्गा सावित हुने पालिकालेद जनाएको छ । तालिममा पालिका भित्रका ४० जनाको सहभागीता थियो ।