close

१० दिने चिया पकाउने तालिम सम्पन्न

१० दिने चिया पकाउने तालिम सम्पन्न

Trulli
ADVERTISEMENT

कैलाली- गोदावरी नगरपालिकाको सहकार्य तथा नेपाल युथ फाउन्डेसन नेपालको आर्थिक सहयोगमा जिवनज्योति महिला विकास बहुउद्देशिय सहकारी संस्थाद्वारा १० दिने चियानास्ता तालिम सम्पन्न गरेको छ ।

तालिममा २० जना महिलदा व्यवसायीहरू सहभागी भएका थिए । तालिम पश्चात सहभागिलाई संस्थाको तर्फबाट २५ हजार बराबरको खाना नास्ता पकाउने सामग्री ग्यास चुलो, कडाइ, डाडु पन्यु, मम , चाउमिन, चाट, आदी पकाउने भाडाकुरासहित अन्य सामग्री वितरण गरिएको छ । 

१० दिने छोटो अवधिको व्यवसायिक चिया तथा नास्ता तालिमबाट महिलाहरु आत्मनिर्भर बन्न मद्दत पुग्ने विश्वास लिइएको छ ।  गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले संघसंस्थाहरु मिलेर नगरले नागरिकमुखी कार्य गरिरहेको बताए । सहकारीहरुले धेरै कुरामा नगरलाई सहजता प्रदान गरेको बताए ।