close

४५ दिने डल्स तथा कुसन बनाउने तालिम दिँदै वेदकोट

४५ दिने डल्स तथा कुसन बनाउने तालिम दिँदै वेदकोट

Trulli
ADVERTISEMENT

कञ्चनपुर- वेदकोट नगरपालिक-९ मा महिलाहरूलाई व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने डल्स तथा कुसन बनाउने तालिम शुरु भएको छ । 

सोमबार एक कार्यक्रमका बीच तालिमको उद्घाटन गरिएको हो । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र कञ्चनपुर र वडा कार्यालयको संयुक्त सहकार्यमा सञ्चालन हुने तालिममा वडाका २० जना महिलाहरू सहभागी रहेका वेदकोट नगरपालिका-९ का अध्यक्ष जनक बहादुर विष्टले जानकारी दिए ।