close

बल्खु खोलाको सफाइमा काठमाडौंका सफाइकर्मीहरू

बल्खु खोलाको सफाइमा काठमाडौंका सफाइकर्मीहरू

Trulli
ADVERTISEMENT

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलले संयुक्त जनशक्ति परिचालन गरेर बल्खु खोलामा जम्मा भएको फोहोर निकालेका छन् । खोलाको माथिल्लो सतहमा प्लाष्टिक, घरेलु फोहोरको तह थियो । यो तह निकाल्न जेट मेसिनबाट पानीको प्रेसर दिइएको थियो । गहिरो ठाउँ भएकोले त्यस ठाउँमा पुग्न बोटको प्रयोग गरिएको थियो । 

सरसफाइका लागि ४ वटा जेट मेसिनको प्रयोग भयो । ३० जना जनशक्तिले १०० मिटर नदी सफाइ गर्दा १० मेट्रिक टन फोहोर संकलन भएको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । 

‘नदी सफाइ’ स्वर्णिम योजनाअन्तर्गत बल्खु सफाइको काम भएको हो । कार्यक्रमका फोकल पर्सन सानुमैयाँ महर्जनले भनिन्, ‘नदी सफाइ गर्ने र नदी सभ्यता जोगाउन स्थानीयलाई जागरुक बनाउने कार्यक्रमका क्रियाकलाप हुन् । सफाइ भएका ठाउँमा फेरि फोहोर नगर्न स्थानीयमा सचेतनाका कार्यक्रम चल्नेछन् ।’