close

नीलकण्ठको अत्याधुनिक भवनका लागि साढे १८ करोड

नीलकण्ठको अत्याधुनिक भवनका लागि साढे १८ करोड

Trulli
ADVERTISEMENT

धादिङ– नीलकण्ठ नगरपालिकाले आफ्नो प्रशासनिक भवनको शिलान्यास गरेको छ । नीलकण्ठ नगरपालिकाले १८ करोड ५६ लाख ७१ हजार १७१ रुपैयाँको लागतमा नयाँ भवन निर्माण थालेको हो ।

भुमिगत पार्किङ र लिफ्टसहित निर्माण हुने भवनको शुक्रबार नगर प्रमुख भीमप्रसाद ढुंगानाले भवनको शिलान्यास गरेका छन् । शिलान्यासमा उपप्रमुख दिपक विश्वकर्मा र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी पनि संगै थिए ।

नक्सा अनुसार भवनको भुई तलामा लेखा शाखा, स्वास्थ्य शाखा र प्राविधिक शाखा रहनेछ । पहिलो तल्लामा प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्ष, शिक्षा शाखा र मेयरको कार्य कक्ष रहने नगरपालिकाले जानकारी दिएको छ । यसैगरी दोस्रो तलामा उप मेयरको कक्ष र न्यायीक हल रहनेछ भने तेस्रो तलामा सेमिनार हल रहने छ ।

निर्माण कम्पनीले ३० महिनामा काम गर्नेगरी काम सुरुवात गरेको छ ।