close

करिब एक हजार परिवारलाई जग्गाको निस्सा

करिब एक हजार परिवारलाई जग्गाको निस्सा

Trulli
ADVERTISEMENT

रुकुमपश्चिम - रुकुमपश्चिमका दुई वटा स्थानीय तहका  ९८३ जना भूमिहीन र अस्थायी बसोबासीलाई जग्गाको लाभग्राही निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग रुकुमपश्चिमले  त्रिवेणी गाउँपालिकाल र आठबिसकोट नगरपालिकाका भूमिहीनलाई जग्गाको लाभग्राही निस्सा वितरण गरेको हो  

आयोगका अनुसार त्रिवेणी गाउँपालिकाका १०७ जना र आठबिसकोट नगरपालिकाका ८७६ जनालाई लाभग्राही निस्सा वितरण गरेको हो । आयोगले स्थानीय तहसँग समन्वय गरी दुई पालिकाका भूमिहीनलाई जग्गाको लाभग्राही निस्स वितरण गरेको जनाइएको छ । 

राष्ट्रिय भूमि आयोग रुकुमपश्चिमका अध्यक्ष मीनबहादुर ओलीका अनुसार जिल्लाका अन्य स्थानीय तहमा पनि लाभग्राही निस्सा वितरण गर्ने कार्यक्रम रहेको छ । हालसम्म एक हजार ८०० भन्दा बढी भूमिहीनको विवरण कार्यालयमा सङ्कलन भएको जनाइएको छ ।