close

भारतको राम मन्दिरमा प्राण प्रतिष्ठा, नेपालका १३ स्थानीय तहमा सार्वजनिक बिदा

भारतको राम मन्दिरमा प्राण प्रतिष्ठा, नेपालका १३ स्थानीय तहमा सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

काठमाडौं- भारतको अयोध्यास्थित राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदा नेपालका १३ स्थानीय तहले आज सार्वजनिक विदा दिएको छ ।

छुट्टाछुटै सूचना जारी गरेर रुपन्देही, सुनसरी, धनुषा, सप्तरी र कपिलबस्तुका १३ स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन् । आज सार्वजनिकबिदा दिने स्थानीय तहहरूमा रुपन्देहीको रोहिणी गाउँपालिका, कपिलवस्तुको यशोधरा, विजयनगर, मायादेवी, शुद्धोधन गाउँपालिका र कपिलवस्तु, शिवराज, महाराजगंज र कृष्णनगर नगरपालिका छन् । 

त्यस्तै, सुनसरीको इनरुवा र रामनगर नगरपालिका, धनुषाको जनकपुरधाम उपमहानगरपालिका, सप्तरीको राजविराज नगरपालिकाले पनि आज सार्वजनिक बिदा दिएका छन्।