close

पालिकाको वनभोजमा १२ कर्मचारी सम्मानित

पालिकाको वनभोजमा १२ कर्मचारी सम्मानित

Trulli
ADVERTISEMENT

सिन्धुली– घ्याङलेख गाउँपालिकाले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा आफ्नो नतिजा सुधार गरेको छ । गाउँपालिकाले गत वर्षको भन्दा चालू आर्थिक वर्ष २०७९/८० लिजाको नतिजामा १२.५ प्रतिशतले सुधार गरेको हो ।

गाउँपालिकाले अघिल्लो वर्ष २०७८/२०७९ मा ७८ प्रतिशत अंक प्राप्त गरेको थियो भने आर्थिक वर्ष २०७९/८० का लागि लिजामा ९०.५ प्रतिशत अंक ल्याएको प्रमुख प्रशासकीय अधिकृत राम कुमार कार्कीले बताए । 

सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय तह क्षमता विकास महाशाखाले प्रत्येक पालिकाको मूल्यांकन गर्दै आएको छ । सोही मूल्यांकनको नतिजा अनुसार महाभारतले ९०.५ प्रतिशत अंक प्राप्त गरेको छ । जनप्रतिनिधिको योजना र कर्मचारी सकृयताका कारण स्थानीय तह क्षमता विकास स्वमूल्यांकनमा सुधार आएको गाउँपालिकाले जनाएको छ ।   

शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वयमा पालिकाले आफ्नै संस्थागत क्षमताको स्वमूल्यांकन गर्ने गर्छन् ।

त्यस्तै, गाउँपालिकाले लिजामा नतिजा सुधार भएको खुशीयालीमा शनिबार वनभोजको आयोजनासमेत गरेको छ । वनभोज आयोजना गरी अब्बल नतिजा दिलाउन अहोरात्र खटेका १२ कर्मचारीहरुलाई प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीको हातबाट सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन(लिजा),  स्थानीय तहको वित्तीय सुशासन जोखिम मूल्यांकन प्रणाली र स्थानीय आर्थिक मूल्याङ्कनको सूचकमा काम गर्ने कर्मचारीहरूलाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्कीले सम्मान गरेका हुन् । 

सम्मानित हुने कर्मचारीहरूमा सुदन थिङ, सुदिप थापा, महेश्वर दाहाल, पदम सुनुवार, प्रकाश खतिवडा, सुमित्रा विक, मुकेश पुर्वे, भरतजंग थापा, उमाकुमारी भोलन, किशरो वाइबा, शम्भु बहादुर योन्जन र हिराकुमारी पहाडी छन् ।