close

शैलुङ र महाभारतमा ३ दिन बिदा

शैलुङ र महाभारतमा ३ दिन बिदा

Trulli
ADVERTISEMENT

काठमाडौं- काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका र दोलखाको शैलुङ गाउँपालिकाले सोनाम ल्होछारको अवरमा ३ दिन बिदा दिएको छ । 

गाउँपालिकाले एक सूचना जारी गर्दै यही माघ २६, २७ र २८ गते बिदा दिएको हो । शैलुङ गाउँपालिकाका अध्यक्ष रिमल बाबु श्रेष्ठका अनुसार २६ र २८ गते स्थानीय तथा २७ गते सार्वजनिक गरी ३ दिन बिदा दिइएको हो । तामाङ समुदाय तथा बौद्ध धर्मालम्बीहरुको महान चाड सोनाम ल्होछार पर्वको उपलक्ष्यमा गाउँपालिकाले बिदा दिएको सूचनामा उल्लेख छ । 

गाउँपालिकाको निर्णयअनुसार ३ दिनसम्म गाउँपालिकाको कार्यलय, वडा कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द हुनेछ । साथै स्वास्थ्य संस्थाहरू इमर्जेन्सी सेवाबाहेक बन्द रहने सूचना उल्लेख छ ।