close

लालबन्दीका तीन विपन्न परिवारलाई घर

लालबन्दीका तीन विपन्न परिवारलाई घर

Trulli
ADVERTISEMENT

सर्लाही- लालबन्दी नगरपालिकाका अति विपन्न ३ परिवारले घर पाउने भएका छन् । मधेश प्रदेश सरकारले सोमबारदेखि ३ परिवारको घर निर्माण सुरु गरेको नगरप्रमुख बासुदेव अधिकारीले बताए । 

सोमबार प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यमा नगरपालिकाको वडा नम्बर-५ र वडा नम्बर-१० मा निर्माणको थालनी गरिएको हो । लालबन्दी नगरपालिका-५ का वडाध्यक्ष मिनप्रसाद ढुङ्गेलका अनुसार ५ नम्बर वडामा दुई र १० नम्बर वडामा एक परिवारको गरी ३ परिवारले चालु आर्थिक वर्षमा घर पाउनेछन् ।

प्रदेश सरकारले लालबन्दी-५ का मैतिदेवी पाख्रिन र हरिप्रसाद धमलाको घर बनाउन सुरु गरेको हो । वडा कार्यालयले उपभोक्ता समिति गठन गरी काम थालिएको छ । त्यस्तै वडा नम्बर-१० का गणेश मिरिङचिङकको पनि सोमबारदेखि नै घर निमार्ण सुरु भएको वडा कार्यालयले जनाएको छ । ज्यामी मनदुरी गर्दै आएका उनीहरू घर नभएकै कारण सामान्य छाप्रोमा बस्दै आएका थिए । 

वडाको सिफारिसमा प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत महेन्द्रनारायण निधी आवास योजनाबाट प्रतिघर ५ लाख लागतमा सो आवासको निर्माण थालनी गरिएको वडाध्यक्ष ढुङ्गेलले बताए । सोमबार प्रदेशसभा सदस्य लुँगेली, नगर उप्रमुख कल्पनामाया पाख्रिन, लालबन्दी-५ का वडाध्यक्ष ढुंगेल, लालबन्दी-१० का वडाध्यक्ष टोपबहादुर श्रेष्ठलगायतले शिलान्यास गरेका हुन् ।