close

धोबिनी गाउँपालिका पूर्ण खोप घोषणा

धोबिनी गाउँपालिका पूर्ण खोप घोषणा

Trulli
ADVERTISEMENT

पर्सा- धोबिनी गाउँपालिकालाई एक कार्यक्रमका बीच पुर्ण खोप घोषणा गरिएको छ । गाउँपालिकाबाट खटाइएका स्वास्थ्यकर्मीहरुले घर–घरमा पुगेर वडाका एक हजार ७८५ जना ५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाएपछि गाउँपालिकाका सबै वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । 

'स्थानीय स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चित्ता हाम्रो प्रतिवद्धता’ को नारानारासहित धोबिनी गाउँपालिकालाई पुर्ण खोप घोषणा कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ । जिल्ला समन्वय समिति, पर्साका सभापति निरञ्जनप्रसाद सोनारले गाउँपालिकालाई अध्यक्ष मदनप्रसाद चौहानलाई पूर्णखोप घोषणा भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । अध्यक्ष चौहानले घोषणा पत्र पढेर  पूर्ण रुपमा खोपयुक्त वडा र गाउँपालिका घोषणा भएको सबैलाई जानकारी गराएका थिए  ।

पुर्ण खोप कार्यक्रम  गाउँपालिका  अध्यक्ष मदन चौहानको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष चौहानले गाउँपालिका पुर्ण खोप घोषणा गर्दै स्वास्थ्यकर्मीहरुले गरेको कामलाई सराहनीय रहेको  बताए । अध्यक्ष चौहानले गाउँपालिकामा आफ्नो पहिलो प्राथमिकता स्वास्थ्य, शिक्षा र कृषि रहेकोले सबैभन्दा धेरै बजेट र स्रोत यसका पूर्वाधार विकासको लागि खर्च भइरहेको बताए । 

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका सभापति सोनारले पर्साका १४ वटा पालिकामध्ये १३ वटा पूर्णखोप घोषणा भएको र अब कालिकामाई गाउँपालिका मात्र घोषणा हुन बाँकी रहेकोमा त्यसलाई पनि चाँडै घोषणा गर्ने तयारी भइरहेको बताए । 

गाउँपालिका अध्यक्ष चौहानको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय, पर्साका प्रमुख एवं वरिष्ठ स्वास्थ्य प्रशासक डा मुक्तिनारायण साह, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद साह, युनिसेफका प्रतिनिधि रणराज राना, स्वास्थ्य कार्यालय, पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर, धोबिनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सञ्जय यादव, पाँचवटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, स्वयंसेविकालगायतको सहभागिता थियो ।

यसअघि, माघ २६ गते जिल्ला खोप समन्वय समिति, पर्साको टोलीले गाउँपालिका विभिन्न वडामा सर्वेक्षण गर्दा कोही पनि बालबालिका खोपबाट वञ्चित नभएको फेला पारेपछि माघ २८ आज पूर्णखोप घोषणा गर्ने सिफारिश गरेको थियो । सर्वेक्षणको क्रममा २३ हजार ३६६ जनसङ्ख्या रहेको गाउँपालिकामा १५ महिना मुनिका ५५९ जना र १६ देखि ५९ महिनासम्मका एक हजार ५२८ जना बालबालिका फेला परेका थिए  । ती बालबालिकामध्ये शून्य खोपको बच्चा दुई जना र १८५ जना बालबालिका खोप लिन छुटेको पत्ता लागेको थियो ।