close

कान्ति बाल अस्पतालको फोहोर व्यवस्थापनमा लापर्वाही, हामी उठाउँदैनौं : काठमाडौं महानगर

कान्ति बाल अस्पतालको फोहोर व्यवस्थापनमा लापर्वाही, हामी उठाउँदैनौं : काठमाडौं महानगर

Trulli
ADVERTISEMENT

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ । 

महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा अस्पतालको अनुगमन गर्ने क्रममा  फोहोरको वर्गीकरणमा कमजोरी देखिएपछि फोहोर नउठाउने निर्णय गरेको हो । 

फोहोर वर्गीकरण र ढुवानी पूर्वतयारीमा कमजोरी देखिएपछि फोहोर नउठाउने जानकारी अस्पताललाई दिइएको हो । अरुलाई नमूना भएर देखाउनुपर्ने अस्पतालहरु आफैँले कमजोरी गरी फोहोरको वर्गीकरण गर्ने बाल्टिन भए पनि सोही अनुसार फोहोर नराखी मिसाइएको हुँदा तत्कालका लागि फोहोर नउठाउने जानकारी गराइएको महानगरपालिकाले जनाएको छ । 

अस्पतालले हानिकारक फोहोर निर्मलीकरण गर्न उपकरण जडान गरेको छ। यसको प्रभावकारी उपयोगका लागि स्रोतबाट वर्गीकरण प्रभावकारी बनाउनुपर्ने टोलीले सुझाव दिएको छ।