close

भीमफेदीका बेरोजगारलाई २ वर्षपछि रोजगार

भीमफेदीका बेरोजगारलाई २ वर्षपछि रोजगार

Trulli
ADVERTISEMENT

मकवानपुर- भीमफेदी गाउँपालिकाले ४० जना बेरोजगारलाई रोजगार दिने भएको छ । गाउँपालिकाकी रोजगार संयोजक रविना रुचाल मगरका अनुसार दुई वर्षपछि रोजगार दिन लागिएको हो । 

आर्थिक वर्ष ०८९/०८० देखि प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी दिने काम रोकिएको थियो । गाउँपालिकाका अनुसार कर्मचारी अभावका कारण रोकिएको सो कार्यक्रम आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले सूचना निकाल्दै आवेदन माग गरेको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार सेवा केन्द्रको समन्वयमा आर्थिक तथा सामाजिक अवसरमा बञ्चित  बेरोजगार व्यक्तिलाई प्रदान गरिने १०० दिन बराबरको न्यूनतम रोजगारी दिन लागिएको हो । 

रोजगार शाखाकी संयोजक मगरकाअनुसार सो कार्यक्रमका लागि गाउँपालिकाले १८ देखि ५९ वर्षसम्मका बेरोजगारहरूले आवेदन दिन सकिनेछ ।