close

महानगरले फोहोर नउठाउने बताएपछी कान्ति बाल अस्पतालका निर्देशकले भने- संघ सरकारलाई गुहार्नुको विकल्प छैन

कान्तिले सम्झौता उल्लङ्घन गरेपछी कठोर निर्णय: महानगर

महानगरले फोहोर नउठाउने बताएपछी कान्ति बाल अस्पतालका निर्देशकले भने- संघ सरकारलाई गुहार्नुको विकल्प छैन

कान्तिले सम्झौता उल्लङ्घन गरेपछी कठोर निर्णय: महानगर

Trulli
ADVERTISEMENT

काठमाडौं- कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज रायले फोहोर बर्गीकरणमा अस्पतालले कमजोरी गरेको स्वीकार गरेका छन । 

आज काठमाडौँ महानगरपालिकाले अनुगमन गर्ने क्रममा अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानी पूर्व तयारीमा कमजोरी देखिएपछि फोहोर उठाउन नसकिने अस्पताललाई जानकारी दिएको थियो । 

अस्पतालबाट कमजोरी भएकै हो त? भन्ने पालिकाखबरको प्रश्नमा निर्देशक रायले भने, ‘कुहिने फोहोर हरियोमा, नकुहिने रातोमा राख्नुपर्ने हो तर हाम्रो मिश्रित पाइएको हुँदा कमजोरी भएकै हो ।’ उनका अनुसार अस्पतालकै कमजोरीका कारण सुधार नभइन्जेलसम्मका लागि महानगरले फोहोर नउठाउने जानकारी गराएको हो । महानगरपालिकाको निर्देशनअनुसार फोहोरलाई सही तरिकाले वर्गीकरण गरी महानगरलाई नै फोहर उठाउन आग्रह गर्ने उनले पालिकाखबरलाई बताए । यदि महानगरले फोहर उठाएन भने के गर्नुहुन्छ? भन्ने प्रश्नमा उनले पालिकाखबरसंग भने, ‘सरकारलाई गुहार्नुको विकल्प हामीसँग छैन ।’

काठमाडौं महानगरपालिकाकी उपप्रमुख डंगोलको नेतृत्वमा आज गरिएको अनुगमनको क्रममा अस्पतालमा फोहर छुट्याउन बाल्टिन फरक-फरक राखे पनि प्रत्येक बाल्टिनमा सबै खालको फोहर मिसाइएको भेटिएको थियो । फरक प्रकृतिको फोहर राख्न रङ्ग संकेतको पालना भएको थिएन । हानीकारक फोहरलाई निर्मलीकरण गरिएको, निर्मलीकरण भएपछिको फोहर पनि पुन: प्रयोग हुन सक्ने र नसक्ने प्रकृतिमा छुट्टिएको एकिन भएपछि मात्र महानगरले फोहर उठाउने उल्लेख गरेको छ । 

यसअघि २०७९ साल असार ९ गते सूचना जारी गर्दै महानगरपालिकाले फोहर छुट्ट्याएर नराख्नेलाई ५०० रुपैयाँ जरिवाना गर्ने चेतावनी दिएको थियो । तर त्यो जरिवाना गराउने योजना ‘फ्लप’ भएको थियो । चालु आर्थिक वर्षदेखि पुन: काठमाडौं महानगरपालिकाले वर्गीकरणलाई प्रभावकारी बनाउनका लागि अनुगमन तीव्र पारेको छ । 

काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार कान्ति बाल अस्पतालसँगको सम्झौतामा नै वर्गीकरण नगरिएको फोहर नउठाउने उल्लेख गरिएको छ । सोही सम्झौता कार्यान्वयन मात्र काठमाडौं महानगरले गरेको विभागका प्रमुख श्रेष्ठको भनाइ छ ।