close

साँघुरो सडकको ८०० घनमिटर माटो निकाल्न ७ दिन बन्द

साँघुरो सडकको ८०० घनमिटर माटो निकाल्न ७ दिन बन्द

Trulli
फाइल फोटो
ADVERTISEMENT

मकवानपुर- इन्द्रसरोवर गाउँपालिकाले मातातिर्थ सडकखण्ड ७ दिनका लागि  बन्द गरेकाे छ । इन्द्रसरोवर गाउँपालिकालेकाे साे सडकखण्ड धारापानी नजिकै पर्ने साँघुरो क्षेत्रको निर्माण कार्यका लागि ७ दिनका बन्द गरेको हाे ।

इन्द्रसरोवर गाउँपालिका-५ का वडाध्यक्ष दुतराज तितुङका अनुसार महालक्ष्मी दोभान घट्टेखोला चखेल देउराली मातातिर्थ सतुङ्गल खण्डमा पर्ने धारापानी नजिकै मंगलबादेखि निर्माण थालनी गरिएको हुँदा फागुन ७ गतेसम्मका लागि बन्द गरिएको हो । 

दिनभर सो क्षेत्रमा निर्माणको काम हुने भएको हुँदा बिहान ७ बजेपछि र बेलुका ६ बजेसम्म सो क्षेत्र भएर आवतवाजत नगर्न हुन गाउँपालिकाले आग्रह गरेको छ । 

अमर कन्ट्रक्सनले सो सडक निर्माणका लागि ३४ करोडमा ठेक्का लिएर काम गरिरहेको गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले बताए । उनका अनुसार करिब ८०० घनमिटर ढुङ्गा र माटो निकाल्ने क्षेत्र अति साँघुरो भएको कारणले मात्र बन्द गरिरहेको हो ।