close

टपरीको दुई तीर : आयस्रोत र आगलागी नियन्त्रण

टपरीको दुई तीर : आयस्रोत र आगलागी नियन्त्रण

Trulli
ADVERTISEMENT

धादिङ– वनमा सुकेर जाने सालको पात पनि अब आम्दानीको स्रोत हुने भएको छ । नीलकण्ठ नगरपालिका-९ का स्थानीयले मेसिनबाट टपरी बनाउने तालिम लिए पछि सुकेको पातबाट आम्दानी हुने सम्भावना बढेको हो ।

नीलकण्ठ-९ स्थित झगरेमा टपरी बनाउने प्रशिक्षण सम्पन्न भएको छ । पञ्चकन्या झगरे देउराली सामुदायिक वन उपभोक्ता समूहमा ‘जिविकोपार्जन र वन आगलागी न्यूनीकरणका लागि टपरी बनाउने प्रशिक्षण’ मा ६० जना स्थानीयको सहभागिता थियो । 

वेट्ली फाउण्ड फर नेचर अवार्डको सहयोगमा साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउण्डेसनले व्यवसायिक टपरी बनाउने मेसिन उपलब्ध गराउनुको साथै एक हप्ता प्रशिक्षण दिएको थियो । साथै एकदिने सालक संरक्षण सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम पनि सम्पन्न भएको छ ।

डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्यले झरेको सालको पातबाट टपरी बनाउँदा स्थानीय स्तरमा आय आर्जन हुनुको साथै बनमा डढेलोको जोखिम पनि कमी हुने बताए ।

साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउण्डेसनका संस्थापक डा तुलसी लक्ष्मी सुवालले यस्ता कार्यक्रमले साना स्तनधारी प्राणीको संरक्षणमा सहयोग पुग्ने धारणा राखे । भावना पुलामी मगरले टपरी बनाउने प्रशिक्षण दिएकी थिइन् भने शिला गुरुङले स्थानीय स्तरमा कार्यक्रम संयोजन गरेकी थिइन् । वडाध्यक्ष राजन बराईलीले वडावासीको क्षमतावृद्धि र आर्थिक आयआर्जनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।