close

हिउँदे अधिवेशनअघि सम्झौता नभएका सबै योजना रकमान्तर गरिने

हिउँदे अधिवेशनअघि सम्झौता नभएका सबै योजना रकमान्तर गरिने

Trulli
ADVERTISEMENT

दोलखा- शैलुङ गाउँपालिकाले ८ महिनासम्म पनि सम्झौता नभएका सबै योजनालाई रकमान्तर गर्ने भएको छ । फागुन १ गते बसेको कार्यपालिका बैठकले वडामा कार्यान्वयन हुने योजनाहरू समयमा सम्झौता नभए रकमान्तर गर्न सकिने बाटो खुला गरेको हो । 

सो निर्णयलाई अनुमोदन गर्न फागुन २४ गते गाउँ सभा बस्दैछ । वडामार्फत सम्झौता गरिने सबै स्वीकृत योजनाको सम्झौता गर्नका लागि समय सीमा दिइएको प्रमुख प्रशासकीय अधिकृत सञ्जीव न्यौपानेले बताए । योजना सम्झौता गर्न चाहने उपभोक्ता समितिले यही फागुन २० गतेसम्म सम्झौता गर्नुपर्नेछ । गाउँपालिकाले २० दिनको समय दिँदा पनि सम्झौता हुन सकेन भने गाउँ सभाबाट रकमान्तर गर्ने गरी काम सुरु गरिएको गाउँपालिकाले जनाएको छ । 

उनले पालिकाखबरसँग भने,‘माथिबाट रकम घटेर आएको छ । समयमा सम्झौता नभए रकमान्तर गर्ने गरी कसरत भइरहेको छ । वडाअनुसार सम्झौताका लागि समय पनि निर्धारण गरी ताकेता गरेका छौँ । होइन भनेर गाउँ सभाबाट रकमान्तर हुनेछ ।’

गाउँपालिकाले वडा नम्बर १ का उपभोक्ताका लागि फागुन ६ गते वडा कार्यालय र फागुन ८ गते गाउँपालिका कार्यालयमा उपस्थित भई सम्झौता गर्न आग्रह। त्यस्तै वडा नम्बर २ का उपभोक्ताका लागि फागुन १० गते गाउँपालिका कार्यालय र फागुन ११ गते वडा कार्यालयमा आई सम्झौता गर्न आग्रह गरेको छ । वडा नम्बर ५ का लागि फागुन १३ गते समय निर्धारण गरी सबैलाई सूचना दिइएको गाउँपालिकाले जनाएको छ । अन्य वडाको हकमा फागुन २० गतेसम्म समय समयावधि हुनेछ । 

गाउँपालिकामा चालु आर्थिक वर्ष ०८०/०८१ मा १६१ वटा स्वीकृत योजनाहरू छन् । जसमा २६ वटा ठेक्का र १३५ वटा उपभोक्ता समितिमार्फत काम गर्नुपर्नेछ । हालसम्म ७३ वटा आयोजनाको सम्झौता हुन बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।