close

सीबीआर कार्यक्रममा लागि प्रस्तावना माग

सीबीआर कार्यक्रममा लागि प्रस्तावना माग

Trulli
ADVERTISEMENT

ललितपुर- बागमती गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि सामुदायमा आधारित पुनर्स्थापना कार्यक्रमका लागि सीबीआर सञ्चालनसम्बन्धी प्रस्तावना माग गरेको छ । 

गाउँपालिकाकी सहायक महिला विकास निरिक्षक अम्बा वास्तोला आचार्यका अनुसार अपाङ्गता भएका व्यक्तिका लागि सामुदायमा आधारित पुनर्स्थापना कार्यक्रम सञ्चालन कार्यविधिअनुसार पालिकामा कार्यरत संघ संस्थालाई प्रस्तावना पेश गर्न आग्रह गरिएको हो ।  

बागमती प्रदेशबाट चालु आर्थिक वर्षमा अपाङ्गता भएकाहरूको पुनर्स्थापनाको लागि३ लाख रुपैयाँ विनियोजन भएको छ । बागमती प्रदेशले जारी गरेको कार्यविधि अनुसार सहायता सामग्री प्रदान, मनोपरामर्शसम्बन्धी तथा कानुनी सचेतना, सीप विकास तथा रोजगारी सम्बन्धी कार्यक्रमका साथै अपाङ्गता भएकाहरूका लागि पुनर्स्थापनाका लागि चाहिने सहयोग गर्न सकिने व्यवस्था छ ।