close

वडावासीलाई फोहर व्यवस्थापन गर्न सिकाउँदै शुद्धोधन

वडावासीलाई फोहर व्यवस्थापन गर्न सिकाउँदै शुद्धोधन

Trulli
ADVERTISEMENT

कपिलबस्तु– शुद्धोधन गाउँपालिकाले फोहरमैला व्यवस्थापनसम्बन्धी तालिम दिन सुरु गरेको छ ।गाउँपालिकाको वडा नं १ ले विभिन्न स्थानमा फोहरमैला व्यवस्थापनसम्बन्धी तीन दिने तालिम सञ्चालन गरेको हाे । 

वडाले शनिबारदेखि फोहरमैला व्यवस्थापनमा स्थानीयलाई बानी बसाल्न तालिम सञ्चालन गरेको तालिमका सहजकर्ता बृजेश चौधरीले बताए । वडा नम्बर १ का सम्पूर्ण स्थानीयलाई फोहरमैला कसरी व्यवस्थापन गर्ने भनेर तालिम उपलब्ध गराएको चौधरीले पालिकाखबरलाई जानकारी दिए । 

५० जनाको सहभागितामा प"र्ण केशर माविमा तालिम सञ्चालन भएको छ भने वडाको सामुदायिक अध्ययन केन्द्र र सभा हलामा समेत तालिम सञ्चालन गर्ने तयारीमा रहेको उनले बताए ।