close

नारी दिवसमा इन्द्रसरोवरले महिला उद्यमीलाई सम्मान गर्ने

नारी दिवसमा इन्द्रसरोवरले महिला उद्यमीलाई सम्मान गर्ने

Trulli
ADVERTISEMENT

मकवानपुर- इन्द्रसरोवर गाउँपालिकाले नारी दिवसमा महिला उद्यमीहरूलाई सम्मान गर्ने भएको छ । यही फागनु २५ अर्थात मार्च ८ को दिन दिइने पुरस्कारका लागि गाउँपालिकाले आवेदन खुला गरेको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्कीका अनुसार आवेदन दिनका लागि स्थानीय, गरिबि निवारणका लागि दुघुवित्त विकास कार्यक्रमबाट तालिम लिएको र महिलाकै नाममा उद्यम दर्ता भएको हुनुपर्नेछ । 

हस्तकला, कृषिमूलक उद्यम, पशु तथा पंक्षीपालन, सिलाइ बुनाइ, ढाका, होटल, अचार, ब्युटिसियनलगातमा उद्यम गर्न महिलाहरूले आवेदन दिन सक्नेछन् । आवेदन दिँदा रोजगारी दिएको भए ती कुराहरू पनि उल्लेख गर्न गाउँपालिकाले आग्रह गरेको छ ।