close

सामाजिक सुरक्षाभत्ता वितरण गर्न बैंकका कर्मचारी प्रत्येक वडामा

सामाजिक सुरक्षाभत्ता वितरण गर्न बैंकका कर्मचारी प्रत्येक वडामा

Trulli
ADVERTISEMENT

बारा- करैयामाई गाउँपालिकाले प्रत्येक वडामा आजदेखि सामाजिक सुरक्षाभत्ता वितरण गर्ने भएको छ । चालु आर्थिक वर्षको दोस्रो किस्तादेखि नै विद्युतीय भुक्तानी प्रणाली (इएफटी) अनिवार्य गरे पनि सेवाग्राहीको सुविधाका लागि बैंकको सहयोगमा वडामै पुगेर भत्ता विरतण थालिएको हो । 

करैयामाइ गाउँपालिका पञ्जीकरण शाखाकी एमआइएस अपरेटर सुमित्रा चौधरीका अनुसार आज वडा नम्बर १ बाट सामाजिक सुरक्षाभत्ता विरतण सुरु गरिनेछ । वडा नम्बर १ मा भोलिसम्म २१५ जना लाभग्राहीलाई भत्ता वितरण गरिनेछ । 

गाउँपालिकाले कुमारी बैंक करैयामाई शाखाको सहयोग वितरण सुरु गरेको सामाजिक सुरक्षाभत्ता वितरण शिविर चैत ९ गतेसम्म चल्नेछ । पालिकाभित्रका ज्येष्ठ नागरिक, एकल महिला तथा शारीरिक रुपमा अशक्त भएको व्यक्तिको सहजताका लागि भत्ता वितरण शिविर राखिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले वडामै पञ्जिकरण शाखाका कर्मचारी, सुरक्षाकर्मी, बैंकको कर्मचारी तथा जनप्रतिनिधि गएर भत्ता वितरण गरिने उनले सुनाइन् । 

इएफटी प्रणालीमा कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साले प्रत्यक्षरूपमा सेवाग्राहीको खातामा रकम पठाउने गर्छ । यस प्रणालीमा भत्ता रकम पालिकाको खातामा नआउने र पालिकाले भत्ता रकम पठाउनु नपर्ने व्यवस्था छ । तर सबै लाभग्राही बैंकसम्म आउन नसक्ने भएकाले बैंकको सहयोगमा वडामा पुगेर भत्ता वितरण सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।