close

नारी दिवसमा लब्धप्रतिष्ठित महिलाहरूलाई सम्मान

नारी दिवसमा लब्धप्रतिष्ठित महिलाहरूलाई सम्मान

Trulli
ADVERTISEMENT

काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिकाले ११४औं अन्तर्राष्ट्रिय नारी दिवसमा लब्धप्रतिष्ठित महिलाहरूलाई सम्मान गर्ने भएको छ । 

यही फागनु २५ अर्थात मार्च ८ को दिन दिइने पुरस्कारका लागि गाउँपालिकाले आवेदन खुला गरेको छ । जसका लागि समाजमा बेग्दै पहिचान बनाएका, ख्याति प्राप्त गर्न सफल भएकाहरुले आवेदन दिनुपर्नेछ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रका अनुसार आवेदन दिनका लागि महिला अधिकारको क्षेत्रमा लामो समय काम गरेका अनुभवी, राष्ट्रिय तथा अन्तर्राषट्रिय संस्थामा आवद्ध हुनुपर्नेछ । समाजसेवा तथा राजनीतिक लगायतका क्षेत्रमा समर्पित भई प्रतिष्ठा कमाएका तथा आफ्नै पहलमा व्यवसाय गरी २५ भन्दा बढी महिलाहरूलाई रोजगार दिन सक्नेले आवेदन दिन सक्नेछ । 

नगरपालिकाको  महिला बालबालिका  तथा समाजकल्याण शाखामा विवरण उपलब्ध गराउनका लागि नगरपालिकाले आग्रह गरेको हो । स्थायी बासिन्दा वा करदाताले मात्र सो पुरस्कार पाउने नगरपालिकाले सूचित गरेको छ ।