close

डाटा प्रविष्ट गर्न १६ कर्मचारीलाई जिम्मेवारी

डाटा प्रविष्ट गर्न १६ कर्मचारीलाई जिम्मेवारी

Trulli
ADVERTISEMENT

सिन्धुली- घ्याङलेख गाउँपालिकाले मूल्याङ्कन तथा क्रमागत रेङ्किङ व्यवस्थापन प्रणालीमा गाउँपालिकाको तथ्यांक समावेश गर्नका लागि कार्यविभाजना गरेको छ । 

यही फागुन ३० गतेभित्र गाउँपालिकाले आफ्नो विवरणहरू प्रविष्ट गरिसक्नुपर्ने भएको हूँदा १६ जना कर्मचारीलाई कार्यविभाजन गरिदिएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले जनाकारी दिए । 

गाउँपालिकाले दिएको जिम्मेवारी अनुसार कृषिका लागि छिरिङ दोर्जे लामा, लघुउद्यमका लागि हिराकुमारी सापकोटा,  राजश्वसम्बन्धी सुदीप थापाले डाटा इन्ट्रि गर्नुपर्नेछ । त्यस्तै रोजगारसम्बन्धी मस्तकुमार वाइबा र शिक्षासम्बन्धी सुरेन्द्रकुमार स्याङतनलाई जिम्मेवारी दिइएको गाउँपालिकाले जनाएको छ । आफ्नो शाखाका कर्मचारीसँगै तथ्यांक हुने भएको हुँदा शाखाअनुसारको क्षेत्रगत जिम्मेवारी दिइएको गाउँपालिकाले जनाएको छ ।