close

नारी दिवसको अवसरमा रिब्दीकोटमा वक्तृत्वकला प्रतियोगिता

नारी दिवसको अवसरमा रिब्दीकोटमा वक्तृत्वकला प्रतियोगिता

Trulli
ADVERTISEMENT

पाल्पा– रिब्दीकोट गाउँपालिकाले वक्तृत्वकलाको आयोजना गरेर नारी दिवस मनाउने भएको छ । गाउँपालिकाले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसमा ‘रिब्दीकोट गाउँपालिकाको विकासमा महिलाको भुमिका’ विषयमा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने भएको हो । 

कार्यक्रम यहि फागुन २५ गते बिहान १० बजेदेखि गाउँपालिकाको सभाहलमा कार्यक्रम सञ्चालन हुने एक सूचना जारी गर्दै गाउँपालिकाले जनाएको छ । वडाको महिला समन्वय समितिसँग समन्वय गरी इच्छुक महिलाले प्रतियोगितामा सहभागीता जनाउन सक्नेछन् । 

प्रतियोगितामा प्रथम हुनेलाई पाँच हजार रुपैयाँ, दोस्रो हुनेलाई चार हजार रुपैयाँ र तेस्रो हुनेलाई तीन हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।