close

फेस रिडरले सुधारेको सुशासन

फेस रिडरले सुधारेको सुशासन

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- अनुहारबाट हुने इ-हाजिरी प्रणाली जडान गरेसँगै गाउँपालिकाभित्रको सुशासनमा सुधार आएको लिसंखुपाखर गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष राजु लामाका अनुसार लिंसखुपाखर पुग्ने सेवाग्राहीले जनप्रतिनिधि र कर्मचारी कुरेर बस्नु नपर्ने  भएको हो । 

गाउँपालिका अध्यक्ष लामाका अनुसार फेस रिडर हाजिरी सुरु गर्नुअघि समयमा काममा नआउने र बीचैमा खाजा र चियाका लागि भन्दै बाहिर जाने केही कर्मचारीमा ससस्या थियो । कर्मचारीलाई अफिसबाट कुर्दा सेवाग्राहीको समय खेर जाने तथा समयमा सेवा नपाउने गुनासो आएकै कारण इ हाजिरीको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिका अध्यक्ष लामाले भने,‘लिसंखुपाखरमा जनप्रतिनिधि र कर्मचारी सजिलै भेट्न सकिन्छ ।’ विद्युतीय हाजिरीको व्यवस्था गरिएपछि कर्मचारीहरू समयमै उपस्थित हुँदै आएका छन् । यसले चुस्त सेवा प्रबाह सुधार भएको छ । कर्मचारीलाई नियमित समयमा उपस्थित गराउने उद्देश्यले ई–हाजिरी जडान गरिएको गाउँपालिकाले जनाएको छ । फाइलमा हाजिर गर्ने प्रचलनलाई ई-हाजिरीले विस्थापित गराउन सफल भएसँगै सुशासनमा सुधार भएको गाउँपालिका अध्यक्ष लामाको दाबी छ ।