close

कागेश्वरी मनोहरा-९ पसलमा किन टाँस्दैछ हरियो स्टिकर ?

कागेश्वरी मनोहरा-९ पसलमा किन टाँस्दैछ हरियो स्टिकर ?

Trulli
ADVERTISEMENT

काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिका-९ ले यही फागुन ९ गतेदेखि कर संकलन अभियान सञ्चालन गर्ने भएको छ । कर तिर्नु जिम्मेवार नागरिकको कर्तव्य भएको भन्दै व्यवसायीफहरूलाई समयमा कर तिर्न कागेश्वरी मनोहरा नगरपालिका ९ का वडाध्यक्ष अनिल थापाले आग्रह गरेका छन् । 

नगरपालिका-९ का वडाध्यक्ष थापाका अनुसार कर भुक्तानी गर्ने पसल तथा होटलमा हरियो स्टिकरसमेत वडाले टाँस्नेछ । हरियो स्टिकर हेरेरमात्र व्यापार गर्नसमेत वडाका बासिन्दालाई वडाध्याक्ष थापाको आग्रह छ । 

यही फागुन ९ गतेदेखि कर संकलन अभियान गर्ने भएको हुँदा नविरकण तथा दर्तामा सहभागी भइदिनका लागि अनुरोध गरेको छ । साथै चालु आवदेखि बहाल कर, व्यवसाय कर र सम्पत्ति करमा १० प्रतिशत छुट दिएको छ । वडाध्यक्ष थापाका अनुसार  जरिवानासमेत मिनाहा गरिएको छ । 

कर संकलन अभियानबाट संकलित राजश्वको २५ प्रतिशत रकम टोल सुधार समितिलाई दिनेसमेत वडाध्यक्ष थापाले बताए । सो रकम टोल सुधार समितिले आफ्नो निर्णयबाट विकास निर्माण तथा सरसफाइमा प्रयोग गर्ने सक्नेछन् ।