close

बहुपक्षीय पोषण योजनाका लागि प्रस्ताव आव्हान

बहुपक्षीय पोषण योजनाका लागि प्रस्ताव आव्हान

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- बलेफी गाउँपालिकाले हजारदिनका घर परिवार लक्षित पहुपक्षीय पोषण योजनाका लागि प्रस्ताव आव्हान गरेको छ । विपन्न समुदायको पूर्ण सहभागिताको लागि प्रस्तावना माग गरिएको गाउँपालिकाले जनाएको छ । 

विपन्न परिवारको आर्यआर्जन सुधारका लागि कृषि, नेतृत्व विकास, पशु विकास तथा घरेलु विकासको समन्वय र सहजीकरण गर्नसक्ने महिला सहकारीले आवेदन दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत रेवन्त दाहालले सूचनामार्फत जानकारी दिएका छन् ।

गाउँपालिकामा महिला सहकारी नभएमा महिला समूहमार्फत सो कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । तर एक वर्षभित्र सहकारीमा रुपान्तरणको प्रस्तावना हुनुपर्नेछ । प्रस्तावनाको साथमा गाउँपालिकाले व्यवसायिक योजना पनि अनिवार्य गरेको छ ।