close

व्यवसाय सचेतना तालिम सञ्चालन गर्ने योजनामा लालझाडी

व्यवसाय सचेतना तालिम सञ्चालन गर्ने योजनामा लालझाडी

Trulli
ADVERTISEMENT

कन्चनपु्र– लालझाडी गाउँपालिकाले व्यवसाय सचेतना तालिम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले स्थानीय व्यवसाय गरिरहेका र व्यवसाय गर्न इच्छुकलाई सचेतना तालिम प्रदान गर्न लागेको हो ।

गाउँपालिकाले कार्यक्रम सञ्चालन कार्यविधि २०८० बमोजिम व्यवसाय सचेतना तालिम सञ्चालन गर्नुपर्ने शाखा प्रमुख नरेन्द्र भट्टले जानकारी दिए । २० देखि २५ जनाको समुहमा तालिम प्रदान गर्न लागेको भट्टले पालिकाखबरलाई जानकारी दिए ।

गाउँपालिकाले व्यवसाय विस्तार र सुधार गर्न इच्छुकलाई सचेतना तालिम प्रदान गर्न लागेको उनले बताए । स्थानीय इच्छुक बासिन्दाले ७ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ ।