close

करारका कर्मचारीलाई साउन-१ गतेबाट हाजिर नगर्न/ नगराउन त्रिपुरासुन्दरीको निर्देशन

करारका कर्मचारीलाई साउन-१ गतेबाट हाजिर नगर्न/ नगराउन त्रिपुरासुन्दरीको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले करारमा रहेका कर्मचारीलाई निरन्तरता नदिने भएको छ । 

नगरपालिकाले एक सूचना जारी गर्दै यही २०७९ साउन १ गतेदेखि यसअघि करारमा नियुक्त भई कार्यरत कर्मचारीहरूलाई तलब भत्ता लगायतको सुविधा उपलब्ध नगर्न र नगराउन निर्देशन दिएको छ । 

नगरप्रमुख जनचन्द्र रोकायले पालिकामा १३४ भन्दा बढी कर्मचारी करारमा रहेकाे जानकारी दिएका छन् । ‘विगतका दिनमा मापदण्डविपरीत कर्मचारी नियुक्ति गरिएकाले करारमा रहेका अनावश्यक कर्मचारीलाई साउन १ गतेबाट हाजिरी नगर्न/ नगराउन सूचना जारी गरिएको छ। भोलि आन्तरिक छलफलमा जुट्दैछौँ,’ उनले भने। 

नगर कार्यपालिकाको कार्यालयबाट तलब भत्ता भुक्तानी हुने गरी अहिलेसम्म नगर कार्यपालिका र अन्तर्गतका विभिन्न वडा कार्यालयका साथै विभिन्न निकायहरुमा करारमा कर्मचारी नियुक्त गरिएका छन् । जसमा विभिन्न वडा कार्यालय, स्वास्थ्य संस्था तथा अन्य निकायमा नगरपालिकाको आन्तरिक स्रोतबाट पारिश्रमिक उपलब्ध गराउने गरी करारमा कर्मचारी नियुक्ति गरिँदै आइएको छ । 

सूचनाविपरीत कसैले हाजिर गराएरको खण्डमा तलब, पारिश्रमिक र अन्य सेवा सुविधा हाजिर हुने र हाजिर गराउने सम्बन्धित व्यक्ति स्वयं नै जिम्मेवार हुने समेत सूचनामा उल्लेख छ ।