close

धनगढीमाईले माग्यो करारमा कार्यरत कर्मचारीको कार्यसम्पादन विवरण

धनगढीमाईले माग्यो करारमा कार्यरत कर्मचारीको कार्यसम्पादन विवरण

Trulli
ADVERTISEMENT

काठमाडौं । धनगढीमाई नगरपालिकाले करारमा कार्यरत कर्मचारीलाई सेवा अवधि थपका लागि कार्यसम्पादन फारम भर्न आह्वान गरेको छ ।

नगरले बिहीबार एक सूचना जारी गरी २०७९/०३/३१ सम्म कार्यसम्पादन फारमसहित निवेदन दिन आह्वान गरेको हो । 

सूचनामार्फत् नगरपालिकामा सेवा करारमा कार्यरत कर्मचारीहरूको सेवा अवधिको म्याद २०७९ असार मसान्तमा सकिने भएको र कार्य सम्पादन मूल्यांकनको आधारमा पुनः म्याद थप हुने भएको हुँदा पुनः सेवा करारमा कार्य गर्न इच्छुक कार्यरत कर्मचारीले आव २०७८/०७९को कार्यसम्पादन मूल्यांकन फाराम भरी २०७९/०३/३१ गते कार्यालय समयभित्र कार्यपालिकाको कार्यालयको प्रशासन शाखामा पेस गर्न भनिएको छ । 

नगरपालिकाको कार्यपालिकाका अनुसार अन्दाजी ५०-६० कर्मचारी करारमा कार्यरत छन् ।