close

आधा रकममै छथर जोरपाटीमा स्वास्थ्य बिमा

आधा रकममै छथर जोरपाटीमा स्वास्थ्य बिमा

Trulli
ADVERTISEMENT

काठमाडौं । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकको ५० प्रतिशतमै स्वास्थ्य बिमा गर्ने भएको छ । 

स्वास्थ्य बिमाका लागि आवश्यक रकम तिर्न नसक्दा उपचारमा लाखौं खर्च गर्नुपरेको तथा उपचार नपाएर मृत्युवरण हुने गरेका घटना रोक्न आधा रकममै बिमा गरिदिन लागिएको गाउँपालिकाले जनाएको छ । 

नेपाल सरकारले पाँच जनाको परिवारले ३५ सय तिर्दा वार्षिक एक लाख बराबरको स्वास्थ्य बिमामार्फत उपचार सेवा दिँदै आएको छ ।