close

सूर्यविनायमा मीट मार्ट स्थापना हुँदै

सूर्यविनायमा मीट मार्ट स्थापना हुँदै

Trulli
ADVERTISEMENT

भक्तपुर । सूर्यविनायक नगरपालिकाले मीट मार्ट स्थापना गर्ने भएको छ । नगरपालिकाले चालू  आर्थिक वर्षको संघीय सरकारको सहयोगमा मीट मार्ट स्थापना गर्न लागेको हो । 

नगरपालिकाका स्थानीय बासिन्दालई स्वच्छ र स्वस्थकर मासु उपभोग गराउने उदेश्यले मीट मार्ट स्थापना गर्न लागेको नगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कँडेलले बताए । उनका अनुसार स्थानीय मासु व्यवसायीको साझेदारीमा पालिकाले मार्ट स्थापना गर्न लागेको हो । 

सो साझेदारीमा सहभागी हुनका लागि स्थानीय मासु व्यवसायीले पालिकामा आवेदन दिनु पर्ने उनले बताए । आवश्यक कागजातसहित आगामी १५ दिनभित्र आवेदन पास गर्न नगरपालिकाले अनुरोध गरेको छ ।