close

बागलुङमा घुम्ती शिक्षकको माग

बागलुङमा घुम्ती शिक्षकको माग

Trulli
ADVERTISEMENT

बागलुङ । बागलुङ नगरपालिकाले करार सेवामा घुम्ती शिक्षक माग गरेको छ । नगपालिकाले एक सूचना जारी गर्दै घुम्ती शिक्षक माग गरेको हो । 

बागलुङ नगरपालिकाको घुम्ती शिक्षक व्यवस्थापन कार्यविधि २०७९ अनुसार चालू आर्थिक वर्षमा सञ्चालित कार्यक्रम अन्तर्गत ३ जना घुम्ती शिक्षक माग गरेको हो । 

सूचनाअनुसार १८ वर्ष पुरा भई ४० वर्ष ननाघेका योग्यता पुगेका  इच्छुक व्यक्तिले माघ ५ गते भित्र आवेदन दिनुपर्ने छ । सूचना अनुसार नगरपालिकाले कम्प्युटर शिक्षक, नृत्य शिक्षक र खेल शिक्षक माग गरेको हो । 

आवेदन आएका व्यक्तिहरुमा लिखित र प्रयोगात्मक प्रतियोगिता गराई छनोट गरिने नगरपालिकाले जनाएको छ ।