close

चिसो बढेपछि धनगढीमाईका विद्यालय विदा

चिसो बढेपछि धनगढीमाईका विद्यालय विदा

Trulli
ADVERTISEMENT

सिराहा । धनगढीमाई नगरपालिकाले भोलिदेखि सामुदायिक तथा संस्थागत विद्यालय पठनपाठन बन्द गरेको छ । तराई क्षेत्रमा अत्याधिक बाक्लो हुस्सु, कुहिरो तथा शीतलहरले चिसो बढेकोले विद्यालयमा विदा दिएको हो । 

बढ्दो चिसाको कारणले गर्दा बालबालिको स्वास्थ्यमा असर पर्ने भएकोले नगरपालिकाले विदा दिएको हो । पुष २५ देखि २९ गतेसम्म विद्यालय बन्द हुने नगरपालिकाले जनाएको छ । 

सो विदा वर्षे विदाबाट कट्टा गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृुत गोपाल प्रसाद बगालेले बताए ।