close

दलित समुदायको जिविकोपार्जनको लागि बंगुर पालन कार्यक्रम

दलित समुदायको जिविकोपार्जनको लागि बंगुर पालन कार्यक्रम

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले दलित समुदायको जिविकोपार्जनको लागि बंगुर पालन कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरभित्र बसोबास गर्ने दलित समुदायको आर्थिक उत्थानको लागि सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

चालू आर्थिक वर्षको बागमति प्रदेशबाट सर्शत अनुदान मार्फत सो कार्यक्रम सञ्चालन गर्न लागेको नगरपालिकाले जनाएको छ । कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले माग फारामसहित आवेदन दिनुपर्ने पालिकाले जनाएको छ  ।

इच्छुक व्यक्तिले आगामी २१ दिनभित्र आवेदन दिनु पर्ने छ । कार्यक्रम सञ्चालनको लागि नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाइएको छ ।