close

किबि खेतिका लागि  टि–बार अनुदानमा

किबि खेतिका लागि  टि–बार अनुदानमा

Trulli
ADVERTISEMENT

दोलखा। वैतेश्वर गाउँपालिकाले किबि खेतिका लागि  टि–बार अनुदानमा दिने भएको छ।

गाउँपालिकाको आव २०७९/८० को वार्षिक स्विकृत कार्यक्रम अनुसार  किबि खेतिका लागि टि–बार ८० प्रतिशत अनुदानमा उपलब्ध गराउने गाउँपालिकाले आइतबार एक सुचना जारी गर्दै जनाएको छ । 

इच्छुक कृषक समुह, सहकारि तथा कृषि उद्यमीलाई आवश्यक कागजातसहित सुचना प्रकाशित भएको २१ दिन भित्र आवश्यक कागजात सहित वडा कार्यालयमा दरखास्त दिन गाउँपालिकाले अनुरोध गरेको छ।