close

पनौतीमा माछापालन कार्यक्रम सञ्चालन हुने

पनौतीमा माछापालन कार्यक्रम सञ्चालन हुने

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले माछा पालन कार्यक्रम सञ्चालन गर्न लागेको छ । नगरपालिकाले चालू आथिर्क वर्षमा बाग्मति सरकारको शर्सत अनुदानमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

नगरपालिकाको अनुसार सो कार्यक्रमको लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । साझेदारीमार्फत सञ्चालन हुने सो कार्यक्रममा सहभागी र पालिकाले ५० प्रतिशत लगानी गर्नुपर्ने नगरपालिकाले जनाएको छ । 

कार्यक्रममा सहभागी हुनका लागि कृषि सहकारी, कृषक, कृषि समूह, समिति, निजी फार्मले आवेदन दिन सक्ने छन् । कार्यक्रम वडा नम्बर १२ मा सञ्चालन हुने नगरपालिकाले जनाइएको छ ।