close

साइलेज उत्पादनको लागि मकै घाँस खेतीको लागि आवेदन माग

साइलेज उत्पादनको लागि मकै घाँस खेतीको लागि आवेदन माग

Trulli
ADVERTISEMENT

नवलपरासी । देवचुली नगरपालिकाले साइलेज उत्पादनको लागि मकै घाँस खेतीको लागि आवेदन माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रमको लागि आवेदन माग गरेको हो । 

सूचना अनुसार सो कार्यक्रमको लागि मकैको विउ र गोबर मल पालिकाले निःशुल्क रुपमा वितरण गरिने छ । सो कार्यक्रममा सहभागी हुनको लागि सूचना प्रकासित भएको एक महिनाभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

आवेदकले कम्तीमा १० कठ्ठा जग्गामा मकै खेती गर्नुपर्ने छ । १० देखि २५ जनाको समूह हुनु पर्ने, सम्बन्धित वडा कार्यालयको सिफारिस, पासपोर्ट साइजको फोटोसहित आवेदन दिनुपर्ने सो सूचनामा उल्लेख गरिएको छ ।