close

६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गर्दै तारकेश्वर

६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गर्दै तारकेश्वर

Trulli
ADVERTISEMENT

काठमाडौँ । तारकेश्वर नगरपालिकाले ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गर्ने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको कार्यक्रमअन्तगर्त कृषि सामग्री वितरण गर्न लागेको हो। 

नगरपालिकाले अनुदानमा किरा नियन्त्रण गर्ने झुल, गोलभेडाको विउ र आलुको उन्नत विउ वितरण गरिने जनाएको छ । सो कार्यक्रममा सहभागी हुनका लागि स्थानीय कृषक, सहकारी संस्था, फार्मले नगरपालिकामा आवेदन दिनु पर्ने छ । 

कूल खर्चमध्ये नगरपालिकाले ६० प्रतिशत र स्थानीयले ४० प्रतिशत लगानी गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।