close

कुरिलो खेती गर्नेलाई सूर्यविनायकको सहयोग

कुरिलो खेती गर्नेलाई सूर्यविनायकको सहयोग

Trulli
ADVERTISEMENT


भक्तपुर । सूर्यविनायाक नगरपालिकाले कुरिलो खेती गर्ने कृषकलाई सहयोग गर्ने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्ष २०७९/०८० को कार्यक्रम अन्तर्गत सहयोग गर्न लागेको हो । 

नगरपालिकाले सो कार्यक्रमको लागि ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिका क्षेत्रभित्र विभिन्न स्थानमा व्यवसायिक रुपमा कुरिलो खेती गर्दै आएका कृषकलाई साझेदरी कार्यक्रम अन्र्तगत सहयोग गरिने जनाएको छ । 

कार्यक्रममा सहभागी हुनका लागि इच्छुक कृषकले सूचना प्रकासित भएको पन्ध्र दिनभित्र आवेदन दिनुपर्ने जनाइएको छ । थप जानकारीको लागि कृषि शाखामा सम्पर्क गर्न नगरपालिकाले जनाएको छ ।