close

५० प्रतिशत अनुदानमा प्रविधि वितरण गर्दै वीरेन्द्रनगर

५० प्रतिशत अनुदानमा प्रविधि वितरण गर्दै वीरेन्द्रनगर

Trulli
ADVERTISEMENT

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा प्रविधि सहयोग गर्ने भएको छ । नगरपालिकाले स्थानीय घरेलु उद्योगको प्रर्वद्धनको लगिा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

नगरपालिकाको अनुसार आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम अन्तर्गत नगर क्षेत्रभित्र सञ्चालित लघु, घरेलु तथा साना उद्योगको विकास, विस्तार गर्नको लागि आवश्यक प्रविधि (मेसिन तथा औजार) सहभागिताको आधारमा कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

कार्यक्रमअन्तर्गत बढीमा दुई लाखसम्म अनुदान दिइने नगरपालिकाले जनाएका छन् । सो कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति तथा फार्म, उद्योगले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिनुपर्ने नगरपालिकाले जनाएको छ । 

आवश्यक कागजातसहित निवेदन दिन पालिकाले अनुरोध गरेको छ ।