close

७५ प्रतिशत अनुदानमा मौरी घार

७५ प्रतिशत अनुदानमा मौरी घार

Trulli
ADVERTISEMENT

काठमाडौँ । चन्द्रागिरी नगरपालिकाले ७५ प्रतिशत अनुदानमा गोलासहितको मौरी घार वितरण गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै अनुदानमा मौरी घार वितरण गर्न लागेको हो । 

सूचना अनुसार चालू आर्थिक वर्षको कार्यक्रम अनुसार नगरपालिकाले सेराना जातको मौरी वितरण गरिने छ । सो कार्यक्रममा सहभागी हुनका लागि इच्छुक व्यक्ति, सहकारी संस्था, फार्मले माघ १० गतेसम्म पालिकामा माग आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ । 

नगरपालिकाको सूचना अनुसार कूल लागतमध्ये सम्बन्धित व्यक्ति वा संस्थाले २५ प्रतिशत अर्थात् ३१२५ रुपैयाँ व्यहोर्ने पर्ने जनाइएको छ । कार्यक्रम नगरपालिकाभित्रका १५ वटै वडा कार्यालयमा सञ्चालन हुने जनाइएको छ ।