close

पसल सटर निर्माण गरी बहालमा लिन आव्हान

पसल सटर निर्माण गरी बहालमा लिन आव्हान

Trulli
ADVERTISEMENT

सिरहा । कल्याणपुर नगरपालिकाले सार्वजनिक निजी साझेदारीमा पसल सटर निर्माण गरी बहालमा लिन आव्हान गरेको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै पसल सटर बहालनमा लिन आव्हान गरेको हो । 

नगरपालिकाको अनुसार वडा नम्बर १२ स्थित बेल्हा बजारको दक्षिण र पोखरीको उत्तरतर्फको डिलमा सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरुप १६ वटा पसलको लागि सटर निर्माण गर्न अनुरोध गरेको हो । 

इच्छुक व्यक्तिले पालिकाको शर्त अनुसार आवेदन दिन नगरपालिकाले अनुरोध गरेको जनाएको छ । सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने छन् ।