close

चैते धानको बीउ माग गर्न बारागढीको अनुरोध

चैते धानको बीउ माग गर्न बारागढीको अनुरोध

Trulli
ADVERTISEMENT

बारा । बारागढी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा चैते धानको बीउ माग गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै बीउ माग गर्न अनुरोध गरेको हो । 

गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप वीउ वितरण गर्न लागिएको जनाएको छ । कार्यक्रममा सहभागी हुन चाहने कृषक, समूह, कृषि सहकारीले सूचना प्रकासित भएको ७ दिनभित्र माग आवेदन दिनु पर्ने गाउँपालिकाले जनाएको छ । 

पालिका, वडा कार्यालयमा दिएको आवेदनको आधारमा वीउ वितरण गरिने गाउँपालिकाले जनाएको छ ।