close

७ औँ नगरसभा सञ्चालन गर्दै कल्याणपुर

७ औँ नगरसभा सञ्चालन गर्दै कल्याणपुर

Trulli
ADVERTISEMENT

सिरहा । कल्याणपुर नगरपालिकाले ७ औँ नगरसभा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आगामी २६ गते राम जानकी धर्मशालामा नगरसभा सञ्चालन गर्न लागेको हो । 

नगरसभामा पालिका अन्तर्गतका सम्पूर्ण जनप्रतिनिधिलाई सहभागी हुन नगरपालिकाले अनुरोध गरेको छ । नगरसभामा विभिन्न एजेण्डाबार छलफल हुन पालिकाले जनाएको छ । 

नगरपालिकाको अनुसार नगरसभामा कार्यालयमा संचित विनियोजन गर्ने र विनियोजन ऐन पारित गरिने, पालिकाको आवश्यक ऐन, कार्यविधि र नियमावली पारित गर्ने, योजना संशोधन गरिने र कम्प्युटर अपरेटर अभिवक्ता भर्ना रकम विनियोजन गरिने छ ।