close

सानीभेरीमा पोषण सुधारको लागि आयमूलक कार्यक्रम

सानीभेरीमा पोषण सुधारको लागि आयमूलक कार्यक्रम

Trulli
ADVERTISEMENT

रुकुम । सानीभेरी गाउँपालिकाले पोषण सुधारका लागि आयमूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रम सञ्चालन गर्न लागेको जनाएकाे हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप गाउँपालिकाले सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रम सञ्चालन गर्न चाहने इच्छुक महिला सहकारी तथा समूहले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । 

कार्यक्रम सञ्चालन गर्नको लागि आवश्यक पर्ने रकम गाउँपालिकाले अनुदानमार्फत वितरण गर्ने सो सूचनामा उल्लेख गरेको छ ।