close

प्रस्ताव पेश गर्न नौकुण्डको अनुरोध

प्रस्ताव पेश गर्न नौकुण्डको अनुरोध

Trulli
ADVERTISEMENT

रसुवा । नौकुण्ड गाउँपालिकाले कृषि तथा पशुपालन सम्बन्धि कार्यक्रममा प्रस्ताव माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै प्रस्ताव पेश गर्न अनुरोध गरेको हो । 

गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा उन्नत जातको भैंसी पालन , अण्डा उत्पादनमा आधारित ५० प्रतिशत अनुदानमा दाना र ७५ प्रतिशतमा  चल्ला वितरण गर्ने जनाएको छ । 

कार्यक्रममा सहभागी हुन चाहने कृषक, सहकारी तथा फार्मले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने छन् । आवश्यक कागजातसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।